Thu. May 16th, 2024

मध्यभोटेकोशीको ६५ प्रतिशत काम सम्पन्न

निर्माणाधिन १०२ मेघावाटको मध्य भोटेकोशी जलबिद्युत आयोजना । तस्वीर: चित्र मिजार

काठमाण्डौं, २०७८ भदौं ६ गते आईतबार । १०२ मेघावाट क्षमताको सिन्धुपाल्चोक जिल्लाकै सबैभन्दा ठूलो मध्यभोटेकोशी जलबिद्युत आयोजनाको काम नौ वर्षमा ६५ प्रतिशत सम्पन्न भएको छ । चिलिमे जलबिद्युत आयोजनाको अगुवाईमा सन २०१३ मा शुरु भएको उक्त आयोजना २०१६ मा सक्नुपर्ने भए पनि अझै एक बर्ष लाग्ने सो आयोजनाका सूर्यनाथ भूर्तेलले जानकारी दिनुभएको छ ।

उक्त आयोजनामा अहिले ७० जना नेपाली र १ सय ८९ जना चिनियाँ नागरिकले काम गरिरहेका छन् । ७ सय २४ मिटर लामो सुरुङ मध्ये ४ सय १५ मिटर सुरुङ खन्न अझै बाँकी छ । ७५ प्रतिशत बिद्युत गृहको काम र बाँधको ५० प्रतिशत काम सम्पन्न भएको छ । काठमाडौं लगिने माथिल्लो तामाकोशीको २ सय २० केभी सिङगल सर्किट प्रशारण लाइनको सब स्टेशन बाह्बिसेमा रहने हुँदा आयोजनास्थलबाट बाहेबिसेसम्म चार किलोमिटर प्रशारण लाइनको निर्माण प्रक्रिया शुरु भएको छ । यसको लागि आवश्यक पर्ने १३ वटा टावर मध्य ८ वटा टावर वनक्षेत्रमा रहने हुँदा वन तथा वातारण मन्त्रालयसंग रुख कटानको स्वीकृत आउने प्रक्रियामा रहेको आयोजनाले बताएको छ ।

पाँचवटा टावर ब्यक्तिको जग्गामा परेकोले मुआब्जा दिने प्रक्रिया शूरु भएको छ । २०७२ सालको भूकम्प, भारतीय नाकाबन्दी, कोभिड, बाढपिहिरोका कारण आयोजनाका काम धकेलिएदै आएको उहाँले बताउनुभएको छ । जुरे पहिरोका कारण उपकरण ल्याउन कठिनाई, कोभिड १९ बाट आयोजनामा काम गर्ने मजदुर र भोटेकोशी नदीमा बाढीका कारण पनि आयोजनमा निमार्णमा ढिलाई भएको सो आयोजनाले जनाएको छ ।

उक्त आयोजना १४ अर्ब ५० करोड रुपियाँ स्वदेशी लगानीमा निमार्ण भईरहेको छ । सो आयोजना चिनियाँ कम्पनी क्वाङसी हाइड्रो इलेक्ट्रिकल कन्स्ट्रक्सन ब्यूरो र भारतीय आष्ट्रिया एण्डिज हाइड्रोले निमार्णका काम गरिरहेको छ । गोरखापत्र

Facebook Comments