Fri. Dec 27th, 2024

भोलीदेखी काठमाण्डौमा कक्षा ११ र १२ र विश्वविद्यालयका विद्यार्थीलाई भेरोसेल खोप दिईने

काठमाण्डौं, २०७८ भदौं ३ गते बिहीबार । विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै भोली भदौ ४ गतेदेखि काठमाण्डौं महानगरपालिकाका ३२ वटै वडाहरुमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोप दिईने भएको छ ।

महानगरपालिकाले जारी गरेको सूचना अनुसार काठमाण्डौमा भोलि (शुक्रबार) बाट ४० वर्ष माथिको उमेर समूह तथा १८ वर्ष पूरा भएका ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाइने भएको छ ।

यही भदौ ४,५ र ८ गते विहान १० बजेदेखि ५ बजेसम्म काठमाण्डौ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

Facebook Comments