Fri. May 17th, 2024

मैले बिर्सिएको छैन मेरो धरातल

- वरिष्ठ गायक ढुण्डिराज अधिकारी

                                                                     काठमाण्डौं, २०७८ भदौं २ गते बुधबार ।
-वरिष्ठ गायक ढुण्डिराज अधिकारी

मैले बिर्सिएको छैन मेरो धरातल
जाँहा मैले यो धर्तिमा
पहिलो पाइला टेकेको थिए
जाँहा मैले ताते ताते गर्न
सिकेको थिए
जाँहा मैले मातृत्वको न्यानो काखमा
लुट्पुटिन पाएको थिए
हो मैले भुलेको छैन मेरि प्राण भन्दा प्यारी
आमा जन्मदात्री आमा जन्मभूमि
भोजपुर र्याङ्ग सुन्तलाबारी
डाँडाघरको मझेरी र पिढिले
बामे सर्न सिकायो
जाँहा र डाँडा बारिले माया गर्दै
हिँड्न सिकायो
पँधेरेका लामा गराहरुले चुम्बन गर्दै
दौडन सिकायो
नागथान र खाद खेतहरुले सिकायो
मेहेनत र परिश्रम गर्न
महान छन् मेरि जन्मभूमी आमा
र्याङ्ग सुन्तलाबारी
जोरधारा र थर्पुले बार्हखरी चिन्न सिकायो
हात समाएर
नतमस्तक छु मेरा गुरुहरुप्रती सधै
सिर झुकाएर
चारकिल्ला जगन्टार रैकर र डाँडाटोलले
मित्रता गर्न सिकायो
धपिनी थापा गाउँ र घिमिरे गाँउले
भावनाको सम्बन्ध सिकायो
कुमलटार अरुण र रघुवाले मलाई
सहनसिल्ता सिकायो
उकालो ओरालो तेर्सो गोरेटोहरुले
गन्तव्य र लक्ष देखायो
अरुणोदय मा.बि. पिपलडाँडा चरम्बिले
लेख्न पढ्न सिकायो
म रिणि छु मेरो मातृभूमिको सधै
जनमभरिका लागि
आँखामा बसिरहने छ अमिट भै मेरो
मातृभूमि र्याङ्ग चरम्बी
ती हरियाली पातल ढाडपाखाहरुले
गीत गुनगुनाउन सिकाए
लम्साल्नी नानी ओडार रमिते भिरहरुले
अप्ठ्याराको सामना गर्न सिकाए
सल्लेरिका सल्लाहरुको सुसाइले सुस्केराका
सङ्गीत सिकाए
मेरो मातृभूमिको शिर हरेलो डाँडो र पुच्छार
कुमल्टारले आहा कति रमाइलो
मेरो मन मन्दिर भित्र जतनले सझाएको छु
कहिले नबिर्सिने गरि
हो साच्चै सुन्दर र रमणिय छ मेरो जन्मभूमि
र्याङ्गको सेरोफेरो
खुसिले हाँसी रहने उमङ्गले नाचिरहने
सधाबाहार छ सुन्दर छ सधै
मेरो जन्म भुमी मातृभूमि
र्याङ्ग सुन्तलाबारी।।

(भोजपुर जिल्लाको र्‍याङ्ग सुन्तलाबारीमा जन्मनु भएका ढुण्डिराज अधिकारी वरिष्ठ लोक गायक हुनुहुन्छ ।)

Facebook Comments