२०८३ भाद्र ३०, मंगलवार

अफ्गानिस्तानले खुला तथा उदार राजनीतिक प्रारूपको रचना गर्ने चीनको अपेक्षा

       

काठमाण्डौं, २०७८ भदौं २ गते बुधबार । चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता चाउ लिच्यानले अफ्गानिस्तान तालिबानले अफ्गानिस्तानका विभिन्न पक्षसँग मिलेर वार्ता र सल्लाह गरी खुला तथा उदार राजनीतिक प्रारूपको रचना गर्ने अपेक्षा चीनले लिएको विचार व्यक्त गर्नुभएको छ।

१८ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता चाउले उक्त कुरा बताउनुभएको हो। अफ्गानिस्तानको पुनःनिर्माण गर्ने क्रममा चीन संलग्न हुनेछ कि छैन भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता चाउले अफ्गानिस्तानका विभिन्न पक्षले वार्ता र सल्लाहद्वारा मतभेदको समाधान गरी अफ्गानिस्तान स्थितिको स्थिरताका लागि अघि बढ्ने आशा चीनले लिएको उल्लेख गर्नुभयो। अफ्गानिस्तानको मैत्रीपूर्ण छिमेकी मुलुक र ईमानदार साथीको रूपमा रहेको चीन सम्पूर्ण अफ्गानिस्तान जनताउन्मुख मैत्रीपूर्ण नीतिमा अडिग रहेको छ जुन जहिले पनि परिवर्तन हुँदैन भन्ने कुरा पनि प्रवक्ता चाउले दोहोर्याउनुभयो। सीआरआई

Facebook Comments