Sat. Sep 21st, 2024

कुलमानको नियुक्ति बदरको माग गर्दै हितेन्द्रदेव शाक्यद्वारा सर्वोच्चमा रिट

- रिटमा बुधबार सुनुवाइ हुने

काठमाण्डौं, २०७८ साउन ३२ गते सोमबार । नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले सोमबार घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गर्नुभएको रिट निवेदन दर्ता भएको जानकारी दिनुभयो । रिट निवेदनमा शाक्यले विद्युत प्राधिकरणमा आफैँलाई कायम गर्न अन्तरिम आदेशको माग गर्नुभएको छ । प्रवक्ता दाहालले शाक्यको रिटमाथि बुधबार सुनुवाइ तोकिएको बताउनुभयो ।

शाक्यलाई ऊर्जा आयोगमा सचिव सरहको सेवा सुविधा दिई चार वर्षका लागि नियुक्ति गरिएको थियो ।

Facebook Comments