Sun. Sep 22nd, 2024

अफगानिस्तानमा तालिबानलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने तयारी

काठमाण्डौं, २०७८ साउन ३१ गते आईतबार । अफगानिस्तानका कार्यवाहक आन्तरिक मामिलामन्त्री अब्दुल सत्तार मिर्जाक्वानले बताए अनुसार सङ्क्रमणकालीन सरकारलाई “शान्तिपूर्ण सत्ता हस्तान्तरण” भएको छ । स्थानीय तोलो टेलिभिजनले प्रसारण गरेको एउटा भिडिओमा उहाँले त्यस्तो बताउनु भएको हो ।

समाचार संस्था एपीले एक अफगान अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार सत्ता सम्हाल्ने तयारीका लागि तालिबान वार्ताकारहरू राष्ट्रपति कार्यालयतर्फ लागेका छन्।

यसअघि तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो।आइतवार अपराह्ण अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको थियो। राष्ट्रपतिको कार्यालयले पाश्तो भाषामा ट्विटरमा लेखेको छः “काबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन। सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरू विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ।” बीबीसी

Facebook Comments