Sat. Dec 28th, 2024

कामु प्रधानसेनापति शर्मा र भारतीय राजदूत क्वात्राबीच शिष्टाचार भेट

काठमाण्डौं, २०७८ साउन २९ गते शुक्रबार । कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गर्नुभएको छ ।

गोरखापत्र अनलाईनका अनुसार सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँहरुबीच भएको भेटवार्तामा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उहाँहरुबीचको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई सुमधुर र प्रगाढ तुुल्याउन थप योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।

Facebook Comments