Tue. May 21st, 2024

चीनका समस्त नागरिक गरिबीबाट मुक्त

काठमाण्डौं, २०७८ साउन २९ गते शुक्रबार । चीनले आफ्नो देशका सबै नागरिक गरिबीबाट मुक्त भएको घोषणा गरेको छ । चीनको राज्य परिषदको प्रेस कार्यालयले “सम्पन्न समाजको निर्माण पूरा: चीनको मानवअधिकार कार्य विकासको गौरवशाली अध्याय” शीर्षकको श्वेत पत्र सार्वजनिक गर्दै सो घोषणा गरेको हो ।

बिहीबार जारी उक्त श्वेत पत्रका अनुसार, ग्रामीण क्षेत्रमा हरेक सर्वसाधारणको वार्षिक जीवनस्तर २३०० चिनियाँ युआनभन्दा कम भएकोलाई गरिब मानिने वर्तमानको मापदण्डबमोजिम सन् २०२०को अन्तसम्म चीनका समस्त ९ करोड ८९ लाख ९० हजार नागरिक गरिबीबाट मुक्त भएका छन् भने ८३२ वटा गरिब जिल्ला र १ लाख २८ हजार गरिब गाउँ गरिबीको सूचिबाट हटाइएको छ र क्षेत्रीय समग्र गरिबी समस्याको समाधान भएको छ।

श्वेत पत्रले उल्लेख गरेअनुसार, सुधार तथा खुलापन नीति चलाएयता वर्तमान गरिब मापदण्डबमोजिम चीनका ७७ करोडलाई गरिबीबाट जोगाइएको छ। विश्व बैङ्कको अन्तर्राष्ट्रिय गरिब मापदण्ड बमोजिम चीनको गरिबको संख्या सोही अवधिमा विश्वको ७० प्रतिशतभन्दा बढी पुगेको छ। चीनले संयुक्त राष्ट्र संघ सन् २०३० दिगो विकासको गरिबी निवारण लक्ष्यभन्दा १० वर्षअघि नै पूरा गरेबाट विश्वको गरिबी निवारण कार्य र मानवजातिको विकासलाई ठूलो योगदान गरिएको छ। सीआरआई

Facebook Comments