Sun. Apr 28th, 2024

लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मटु रोगीलाई दुई लाख सहयोग गर्ने

काठमाण्डौं, २०७८ साउन २९ गते शुक्रबार । लुम्बिनी प्रदेश सरकारले एक निर्णय गर्दै मिर्गौला, क्यान्सर र मटु रोगका बिरा मीलाई रु दुई लाख आर्थिक सहयोग गर्ने बताएको छ । बिहीबार गठन भएको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि रु एक लाख पाइरहेका बिरामीलाई थप रकम सहयोग गर्ने निर्णय गरेको हो ।

यसैगरी प्रदेश सरकारले कोभिड-१९ का बिरामीको उद्धार गर्न हटलाइन र एम्बुलेन्सको व्यवस्था गर्ने र त्यस्तो खर्च प्रदेश सरकारले बेहोर्ने पनि निर्णय गरेको छ । सो बैठकले कोराना प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरमार्फत एन्टिजेन परीक्षणको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने र कोभिड-१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने निर्णय गरेको छ ।

बैठकले मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको भागको आधारमा एकएक वटा पोर्टेबल अल्ट्रासाउण्ड मेसिनसहित तालिम प्राप्त नर्सको व्यवस्था गर्ने निर्णय गरेको छ ।

Facebook Comments