Sat. May 18th, 2024

चिनियाँ पौडी खेलाडीको पूरा भएको सपना

- ओलम्पिक खेलकुद २०२०

काठमाण्डौं, २०७८ साउन १७ गते आईतबार ।जुलाई ३० तारिख टोकियो ओलम्पिक खेलकूदको पुरुष २०० मिटर व्यक्तिगत पौडी फाइनलमा २७ वर्षीय चिनियाँ खेलाडी वाङ शुनले १ मिनेट ५५ सेकेण्डमा स्वर्ण पदक जित्नु भएको छ। उहाँले आफ्नो ओलम्पिक स्वर्ण पदक सपनालाई पूरा गर्नुका साथै अमेरिकी खेलाडीद्वारा सन् २००४ एथेन्स ओलम्पिक खेलदेखि यता यस प्रतियोगितामा सिर्जना गरिएको १७ वर्षको एकाधिकारलाई तोड्नु भएको छ ।

वाङले ओलम्पिक खेलकूदमा भाग लिएको यो तेस्रो ओलम्पिक खेलकूद हो। सन् २०१२ लण्डन ओलम्पिकको शून्य पदकबाट सन् २०१६ रियो ओलम्पिकको कांस्य पदकसम्म जित्नु भएका उहाँले हाल टोकियो ओलम्पिक खेलकूदको सर्वच्च पोडियममा उभिँदा वाङको मानसिकता परिवर्तन भएको छ। उहाँका अनुसार एक अभ्यासको विचार लिँदै लण्डन ओलम्पिकमा सहभागी हुनुभएको थियो । रियो ओलम्पिकमा खेलाडी साथीले पदक जितेको हेर्दै आफूले पनि पदकका लागि प्रयास गर्न उहाँलाई मन लाग्यो। यस टोकियो ओलम्पिकमा उहाँले कसैसँग तुलना गर्नुभएको छैन भने आफ्नो प्रदर्शनलाई ध्यान दिनु भएको छ ।

चिनियाँ पौडी खेलाडी समूहमा उमेर सबैभन्दा बढी भएका सदस्यको रुपमा वाङले आफ्नो द्दढ भावनाले सबै चिनियाँ पौडी खेलाडीलाई प्रोत्साहन गर्नसक्ने आशा आशा व्यक्त गर्नुभएको छ । सीआरआई

Facebook Comments