Sat. May 4th, 2024

सिएमजीसँग अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्षको विशेष साक्षात्कार

काठमाण्डौं, २०७८ साउन १५ गते शुक्रबार । जुलाई २९ तारिख अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाहले टोकियो ओलम्पिक अन्तर्राष्ट्रिय प्रसारण केन्द्र (आईबीसी)मा सिएमजीको मुख्यालयमा एक विशेष साक्षात्कार प्राप्त गर्न पुग्नु भएको छ।

सो अवसरमा बाहले भन्नुभयो कि टोकियो ओलम्पिक खेलकुदमा चिनियाँ खेलाडीहरु ओलम्पिक भावनाले भरिएका छन् र उहाँहरुको प्रदर्शन गौरवपूर्ण रहेको छ। म सन् १९८० मा पहिलो पटक चीन गएको थिएँ,अहिले चीनले खेलकुदमा मात्र नभई सबै पक्षमा ठूलो परिवर्तन गरेको उहाँले भन्नुभयो। उहाँले राष्ट्राध्यक्ष सी चिन फिङद्वारा पैचिङ शीतकालीन ओलम्पिक खेलकुदको पहलका लागि धन्यवाद दिनुभयो। सन् २०२२ मा पैचिङ शीतकालीन ओलम्पिक खेलकुदमा चिनियाँ जनताले संसारमा एक अद्वितीय स्मृति ल्याउने उहाँले बताउनुभयो। सीआरआई

Facebook Comments