Sun. Jul 26th, 2026

अमेरिकी विदेश मन्त्री र दलाई लामाका प्रतिनिधिबीचको भेटलाई चीनको विरोध

       

काठमाण्डौं, २०७८ साउन १५ गते शुक्रबार । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेन हालै भारतको नयाँ दिल्लीमा दलाई लामाका प्रतिनिधिसँग भेटघाट गर्नु भएको छ। यसप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लि च्यानले नियमित पत्रकार सम्मेलनमा जोड दिंदै भन्नुभयो, कुनै पनि मुलुकका सरकारी व्यक्तिले दलाई लामासँग कुनै माध्यमको सम्पर्क राख्नेमा चीनले कडा विरोध गर्दै सबै आवश्यक कदमले आफ्नो अधिकारको संरक्षण गर्दै जाने छ।

तिब्बत मामिला सम्पूर्ण रुपमा चीनको आन्तरिक मामिला हो भने कुनै पनि विदेशी शक्तिले यसमा हस्तक्षेप गर्नुहुँदैन। अमेरिकाले आफ्नो बचनबद्धतालाई व्यवहारमा उतार्दै चीनको आन्तरिक मामिलालाई हस्तक्षेप गर्ने कार्यलाई बन्द गर्नुपर्छ। सीआरआई

Facebook Comments