Thu. May 16th, 2024

१०४ वर्षअघिको चुरिया सुरुङमार्ग पुनर्निर्माण हुँदै

काठमाण्डौं, २०७८ साउन १४ गते बिहीबार । चुरिया सुरुङमार्गको पुनर्निर्माण हुने भएको छ । सुरुङमार्ग पुनर्निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा ठेक्का सम्झौताको काम सकिएको छ ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले मुलुककै पूर्वाधार सम्पदा तथा ऐतिहासिक चुरिया सुरुङमार्गको पुनर्निर्माण गर्न सबै तयारी पूरा भइसकेको जानकारी दिनुभयो । बिहीबार यसको शिलान्यास हुँदै छ । कुल पाँच करोड रुपियाँको लागतमा सुरुङमार्ग पुनर्निर्माण हुनेछ । करिब १०४ वर्षअघि यो सुरुङमार्ग निर्माण गरिएको थियो । इन्जिनियर डिल्लीजङ्ग थापाको डिजाइनमा सुरुङमार्ग निर्माण गरिएको हो । गोरखापत्र अनलाईन

Facebook Comments