Mon. Apr 29th, 2024

भाेलिदेखि ललितपुर महानगरले ४५ वर्ष माथिकालाई भेराेसेलकाे पहिलाे मात्र खाेप लगाउँदै

काठमाण्डौं, २०७८ साउन १४ गते बिहीबार । ललितपुर महानगरपालिकाले भोलीदेखि ४५ बर्ष र सो भन्दा माथिका व्यक्तिलाई लक्षित गरि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम सुरु गर्ने भएको छ ।

महानगरले आज सूचना जारी गर्दै ४५ बर्ष र सो भन्दा माथिका व्यक्तिलाई लक्षित गरि खोप दिन थालेको बताएको हो । सो खोप कार्यक्रम साउन १५, १६ र १७ गते महानगरपालिकाका २९ वटा वडाहरुमा सञ्चालन हुँने छ । साथै साउन १८ गते जोनसोन एण्ड जोनसोन खोप कार्यक्रम पनि सञ्चालन हुँने र सोको विस्तृत कार्यक्रम पछि सार्वजनिक गरिने बताएको छ ।

Facebook Comments