Thu. May 16th, 2024

ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा घटनास्थलमै श्रीमान् श्रीमतिको मृत्यु

काठमाण्डौं, २०७८ साउन १३ गते बुधबार । झापाको दमक नगरपालिका-४ मा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ । मोटरसाइकल चालक झापाकै कन्काई नगरपालिका-३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र पछाडि सवार उहाँकी श्रीमती हिमाको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दम्पतीको उपचारको क्रममा दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

उर्लाबारीबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश नम्बर २, ०३-०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले मंगलबार राति करिब सवा १० बजे ठक्कर दिएको थियो । दुर्घटनामापश्चात् ट्रकसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरिक्षक नवराज कार्कीका अनुसार मृत दम्पती सुरुंगाको होटल हेवनका सञ्चालक हुनुहुन्छ । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको ट्रकले ठक्कर दिंदा उहाँहरुको मृत्यू भएको हो । बिष्ट दम्पतीले सुरुंगामा लामो समय देखि होटल हेवन सञ्चालन गर्दै आउनुभएको थियो ।

Facebook Comments