भोलिदेखि काठमाण्डौं महानगरपालिकामा ५० बर्ष माथिका छुटेका सबैलाई भोरोसेलकाे पहिलाे खोप दिइने
काठमाण्डौं, २०७८ साउन १३ गते बुधबार । काठमाण्डौं महानगरपालिका भित्र पून: भेरोसेल खोप कार्यक्रम सुचारु हुँने भएको छ । काठमाण्डौं महानगरपालिकाले खोपको पहिलो मात्रा अन्तर्गत ५० बर्ष वा सो भन्दा माथिका सर्वैलाई खोप दिन लागेको बताएको हो ।
महानगरले आज एक सूचना जारी गर्दै जनस्वास्थ्य कार्यालयको पत्र अनुसार भोली १४ गते खोप कार्यक्रम सञ्चालन हुँने बताएको हो । खोप लगाउन आवश्यक पर्ने नागरिकता लगायत परिचय खुल्ने प्रमाणपत्र सहित बिहान १० बजे देखि बेलुका ५ बजे सम्म तोकिएको स्थानमा आउन सकिने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
Facebook Comments