Sun. Nov 24th, 2024

थममाया थापा अखिल नेपाल महिला संघको अध्यक्ष चयन

काठमाण्डौं, २०७८ साउन १२ गते मंगलबार । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको संयोजकमा पूर्वमन्त्री थममाया थापा मगर चयन हुनु भएको छ । अनेमसंघको आइतबार सम्पन्न सचिवालय बैठकले सहसंयोजक थापालाई संयोजक चयन गरेको हो ।

यसअघिको संयोजक सीता पौडेल गण्डकी प्रदेश प्रमुख नियुक्त भएपछि खाली रहेको ठाउँमा सहसंयोजकलाई जिम्मेवारी दिइएको अनमेसंघकी सचिव सुजिता शाक्यले जानकारी दिनुभयो ।

अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन फागुनमा गर्ने तय भएको छ ।

Facebook Comments