Sat. Apr 20th, 2024

चीनबाट थप खोप काठमाडौं ल्याइयो, भोलि पुनः जहाज पैचिंग जाने

काठमाण्डौं, २०७८ साउन ८ गते शुक्रबार । चीनबाट नेपालले खरिद गरेको ४० लाख भेराेसेल खाेपकाे थप खोप आज काठमाण्डौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज शुक्रबार १ः३० बजे काठमाण्डौं अवतरण भएसँगै नेपालले खरिद गरेकाे २५ लाख डोज खोप काठमाडौं आइपुगेको हो ।

निगमको वाइडवडी ३३० जहाजले एक पटकमा आठ लाख डोज ‘भेरोसेल’ खोप कार्गो गर्ने छ । बिहीबार २.०० बजे काठमाण्डौं आएपछि जहाज पुनः पैचिंग पुगेर खोप ल्याएको हो । बुधबार राती ११ बजे पैचिंगतर्फ उडेको जहाजले आठ लाख डोज खोपकाे कार्गो ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

चौथो पटक खोप ल्याउन निगमको वाइडबडी ३३० जहाज शनिबार पुनः पैचिंग उड्ने उहाँले जानकारी दिनुभयो । सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण गर्ने जनाएको छ ।

यस अघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो । हालसम्म करिब २५ लाख डोज खोप ल्याइसकेको निगमले जनाएको छ । सरकारले चीन सरकारसँग सरकार-सरकार (जिटुजी) मार्फत जम्मा ४० लाख डोज खोप ल्याउने तय भएकाे थियाे । गोरखापत्र अनलाईन

Facebook Comments