Sat. Jul 27th, 2024

ट्रम विरुद्ध अमेरिकी तल्लोसदनबाट अविश्वासको प्रस्ताव पारित

काठमाडौं, २०७६ पुष ३ गते बिहीबार ।

अमेरिकी तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ । उहाँ विरुद्ध शक्तिको दुरुपायोग र सदनमा अपरोध गरेको अरोपमा अभियोगमा महाअभियोग लगाइएको हो ।

अमेरिकी इतिहासँमा यस किसिमको अविश्वासको प्रस्ताव खेप्ने उहाँ तेस्रो राष्ट्रपति हुनुभएको छ । गोरखापत्र अनलाईनका अनुसार सदनले उहाँलाई शक्तिको दुरुपायोग र सदनमा अपरोध गरेको अरोपमा पदीय जिम्मेवारीबाट हटाउन उक्त प्रस्ताव पारित गरेको हो । उहाँलाई शक्तिको दुरुपायोग सम्बन्धी आभियोगमा सदनका कुल सदस्य मध्ये २३० प्रस्तावको पक्षमा र १९७ विपक्षमा मतदान गर्नु भएको थियो भने सदनलाई अबरोध गरेको अरोपमा २२९ पक्षमा र १९८ सदस्यले विपक्षमा मतदान गर्नुभएको थियो ।

अब यो महाअभियोगको प्रस्ताव माथिल्ले सदमा पेश हुने छ र उक्त्त सदनले नै अन्तिम फैसला गर्ने छ । तर  माथिल्लो सदनमा ट्रमको रिपब्लिकन पार्टीका सांसदको बहुमत छ ।

Facebook Comments