Sat. May 4th, 2024

यस वर्षको पूर्वार्धमा चीनको राष्ट्रिय आर्थिक विकास स्थिर रूपमा पुनरूत्थान हुँदै

काठमाण्डौं, २०७८ साउन ५ गते मंगलबार । जुलाई १९ तारिख चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले पत्रकार सम्मेलन आयोजना गरी यस वर्षको पूर्वार्धको चिनियाँ आर्थिक परिस्थितिबारे जानकारी दिएको छ।

चीनको राष्ट्रिय तथ्याङ्क व्यूरोले यस वर्षको पूर्वार्धको आर्थिक तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय उत्पादन मात्रा ५३२ खर्ब १६ अर्ब ७० करोड चिनियाँ युआन पुगेको साथै गत वर्षको सोही अवधिको तुलनामा १२.७% ले वृद्धि भएको उल्लेख गरेको थियो।

उक्त तथ्याङ्कका अनुसार तीन वटा मुख्य व्यवसायबाट हेर्दा कृषि उत्पादन स्थिर हुनुका साथै उद्योगको उत्पादन द्रूतरूपमा विकास भएको र सेवा व्यवसायहरू पुनरूत्थान हुँदै आएको देखिन्छ। तीन वटा आवश्यकताबाट हेर्दा लगानीको पुनरूत्थान हुँदैआएको, उपभोगको पुनरूत्थान शक्ति बलियो भएको र निर्यातको मात्रा विकास हुँदै गएको देखिन्छ। तीन वटा मुख्य भागबाट हेर्दा वासिन्दाको आम्दानीको वृद्धि दर तथा आर्थिक विकासको दर बराबर देखिन्छ साथै रोजगारीको परिस्थिति स्थिर भएका कारण बजारको भविष्य समृद्ध हुन सक्ने देखिन्छ। सीआरआई

Facebook Comments