Sat. Sep 28th, 2024

हङकङस्थित ७ जना चिनियाँ अधिकारीमाथि अमेरिकाको प्रतिबन्ध, चीनद्वारा उक्त कार्यको निन्दा

काठमाण्डौं, २०७८ साउन ३ गते आईतबार । अमेरिकाले जुलाई १६ तारिखका दिन ‘हङकङ व्यापार चेतावनी’ प्रकाशित गर्नुका साथै हङकङस्थित चिनियाँ केन्द्रीय सरकारी संस्थाका ७ जना अधिकारीमाथि प्रतिबन्ध लगाएको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले यस विषयबारे बोल्दै यो गतिविधिले अन्तर्राष्ट्रिय कानुन र सम्बन्धको आधारभूत नियममाथि गम्भीर उल्लंघन गर्नुका साथै चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको बताउनुभएको छ। चीनले त्यसको कडा विरोध र निन्दा गरेको पनि उहाँले बताउनुभयो।

प्रवक्ताका अनुसार, राष्ट्रिय सुरक्षा कानुनको कार्यान्वयनदेखि हङकङमा विदेशी लगानीकर्ताको व्यापारिक वातावरण अझ सुरक्षित र स्थिर भएको छ। केही समयअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रतिवेदन प्रकाशित गरेर हङकङको अन्तर्राष्ट्रिय बैकिंङ केन्द्रमाथि सक्रिय मूल्याङ्कन गरेको थियो। हङकङमा अमेरिकी व्यवसायहरूले कथित व्यापार चेतावनीको विरोध गरेका छन्। उनीहरुले भनेका छन्, कथित नाकाबन्दी पनि रद्दी कागज मात्र हो। चीनले अमेरिकासँग हङकङ मामिला तथा चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप नगर्न ताकिता गरेको छ। सीआरआई

Facebook Comments