Tue. May 7th, 2024

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालबीच छलफल

काठमाण्डौं, २०७८ साउन २ गते शनिबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज नेपाल निवास कोटेश्वरमा छलफल भएको छ ।

पाँच दलीय गठबन्धन जोगाउने विषयमा दुई नेताबीच छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । एमालेको विघटित कार्यदलका सदस्यबीच आज भएको छलफलपछि अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको थियो ।

प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार शेरबहादुर देउवाले साउन २९ भित्र विश्वासको मत लिनुपर्नेछ । नेता नेपाल पक्षले विश्वासको मत नदिएमा प्रधानमन्त्री देउवालाई बहुमत नपुग्ने भएपछि उहाँलाई मनाउन गठबन्धनका नेताहरु सक्रिय भएका छन् ।

 

Facebook Comments