Fri. May 3rd, 2024

“आशियान साझेदार” मिडिया सहकार्य मञ्च सन् २०२१ पैचिङमा

काठमाण्डौं, २०७८ असार ३१ गते बिहीबार । चीन र आशियानबीचको संवार्ता सम्बन्ध कायम भएको ३० औं वार्षिकोत्सवको अवसरमा चाइना मिडिया ग्रुपको संयोजकत्वमा “आशियान साझेदार” मिडिया सहकार्य मञ्च सन् २०२१ जुलाई १४ तारिख पैचिङमा आयोजना गरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागका उपप्रमुख, चाइना मिडिया ग्रुपका महानिर्देशक एवम् प्रधान सम्पादक शन हाइ स्योङले पनि मञ्चलाई सम्बोधन गर्नुभएको छ। चाइना मिडिया ग्रुप र १५ वटा मुलुकका ३३ वटा मिडिया तथा संस्थाका लगभग १ सयजना चिनियाँ र विदेशी अतिथिहरूले अनलाइन तथा अफलाइनमार्फत मिडियाबीचको सहकार्यलाई सबल पारी क्षेत्रीय विकासलाई अघि बढाउने विषयबारे विचार विमर्श गरेका छन्।

उक्त मञ्चमा सहकार्यलाई सबल पारिने सम्बन्धमा संयुक्त घोषणा पत्र जारी गरिएको छ। चीनका लागि मलेसियाका राजदूत, चीनका लागि फिलिपिनसका राजदूत, चीनका लागि थाइल्याण्डका राजदूत, चीनका लागि इण्डोनेशियाका उप राजदूत र चीन-आशियान केन्द्रका महासचिव लगायतका अतिथिहरू प्रत्यक्ष रूपमा मञ्चमा सहभागी भएका छन्।

मञ्चलाई सम्बोधन गर्दै चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइ स्योङले राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकी समारोहलाई गर्नुभएको सम्बोधनमा भन्नुभए जस्तै विभिन्न मुलुकसँगै मिलेर विश्व शान्तिको निर्माता, विश्व विकासको योगदानकर्ता र अन्तर्राष्ट्रिय परिपाटीको संरक्षक बन्न चीन इच्छुक रहेको बताउनुभएको छ। सीआरआई

Facebook Comments