Thu. Apr 25th, 2024

विप्लव र नेता नेपालबीच भेटघाट

काठमाण्डौं, २०७८ असार ३१ गते बिहीबार । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गर्नुभएको छ ।

आज बिहान नेपाललाई भेट्न विप्लव नेपाल निवास कोटेश्वर पुग्नुभएको थियो । आजको भेटघाटमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ । आजको भेटघाटमा विप्लव समूहका नेता धर्मेन्द्र झा समेत उपस्थिती रहेको थियो ।

यसअघि हिजो विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग समेत भेटघाट गर्नुभएको थियो । आजको भेटघाटमा प्रचण्डसमेत सहभागी हुनुभएको थियो ।

गत फागुन २१ गते शान्तिपूर्ण राजनीतिमा आएका विप्लव केहि समय भेटघाट र मिडियाबाट टाढै रहेपनि पछिल्लो समय राजनीतिक भेटघाटलाई तिव्रता दिनुभएको छ ।

Facebook Comments