Sun. May 5th, 2024

मन्त्रिपरिषद्काे निर्णय

- साउन ३ गते दिउँसो ४ बजे संसद अधिवेशन डाक्न सिफारिस

काठमाण्डौं, २०७८ असार ३१ गते बिहीबार । आज बसेको मन्त्रिपरिषद्को बैठकले यही साउन ३ गते दिउँसो ४ बजे संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

साथै, बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजविन आयोगका पदाधिकारीको अवधि एक वर्षका लागि थप गर्ने निर्णय गरेको बैठक पछि सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

Facebook Comments