Thu. Apr 25th, 2024

राष्ट्रपति भण्डारीद्वारा मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन

काठमाण्डौं, २०७८ असार २९ गते मंगलबार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ ।

उक्त कुरा राष्ट्रपति कार्यालयले आज साँझ एक विज्ञप्ति प्रकाशित गरि जानकारी गराएको हो ।

क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन
श्री शेरबहादुर देउवा प्रधानमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि तथा पशुपन्छी विकास; खानेपानी; परराष्ट्र; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; भौतिक पूर्वाधार तथा यातायात; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; रक्षा; वन तथा वातावरण; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्‍घीय मामिला तथा सामान्य प्रशासन; सञ्चार तथा सूचना प्रविधि; सहरी विकास र स्वास्थ्य तथा जनसङ्‍ख्या ।
श्री बालकृष्ण खाँण मन्त्री गृह
श्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्री कानून, न्याय तथा संसदीय मामिला
श्री पम्फा भुसाल मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ
श्री जनार्दन शर्मा मन्त्री अर्थ

आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त  प्रधानमन्त्री  शेरबहादुर देउवाले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । सोही अवसरमा राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीहरुले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

Facebook Comments