Sat. Apr 20th, 2024

विद्या भट्टराईद्वारा पद तथा गोपनियताको सपथ

काठमाडौं, २०७६ पुष १ गते मंगलबार ।

उप-निर्वाचनमा कास्की-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिनुभएको छ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भट्टराईलाई मंगलबार दिउँसो सिंहदरबारस्थित कृषि समितिको हलमा सपथ खुवाउनु भएको हो ।

मंसिर १४ गतेको प्रतिनिधि सभाको उपनिर्वाचनमा कास्की-२ मा कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई पराजित गरेर सांसदमा निर्वाचित हुनुभएको थियो । गोरखापत्र अनलाईनबाट ।

Facebook Comments