Fri. May 3rd, 2024

सिनोभ्याकले बनाएको कोरोनाभ्याक चिलीमा प्रभावकारी सावित

काठमाडौं, २०७८ असार २७ गते आईतबार । कोरोना भाइरसका लागि चिनियाँ खोप निर्माता कम्पनी सिनोम्याकले बनाएको कोरोनाभ्याक खोप दक्षिण अमेरिकी देश चिलीमा ठुलो सङख्यामा गरिएको परिक्षणमा प्रभावकारी देखिएको न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनले बुधबार प्रकाशित गरेको अध्ययनमा जनाएको छ ।

निस्क्रिय भाइरसबाट बनाइएको कोरोनाभ्याक खोप चिलीमा राष्ट्रिय स्तरमा फेब्रअरी २ देखि मे १ सम्म सचांलन गरिएको खोप अभियानका क्रममा लगाइएको थियो ।

यसै क्रममा कोरोनाभ्याक कोरोना भाइरस बिरुद्ध ६५.९ प्रतिशत प्रभावकारी रहेको सो अध्ययनले देखाएको छ । कोरोनाभ्याक अस्पताल भर्ना हुनुपर्ने स्थितिबिरुद्ध ८७.५ प्रतिशत, आइसियूमा भर्ना हुने अवस्था बिरुद्ध ९०.३ प्रतिशत र कोरोनाका कारण हुने मृत्युबिरुद्ध ८६.३ प्रतिशत प्रभावकारी सावित भएको जनाइएको छ ।

सार्वजनिक सो अध्ययनमा १६ बर्ष र सो भन्दा माथि उमेर भएका १० करोड २ लाख नागरिकहरुलाई समावेश गरिएको थियो । अध्ययनबाट सार्वजनिक नतिजाले सो खोपले ६० बर्षमाथि र अन्य उमेर समूहका नागरिकहरु समान सुरक्षा दिने जनाएको छ ।

२ देखि ८ डिग्रीमा भण्डारण र ढुवानी गर्न सकिने सो खोपलाई ब्राजिल, इन्डोनेसिया, चिली र टर्की लगायतका २० देशहरुमा सन् २०२० को मध्यतिर आपतकालिन प्रयोगको अनुमति दिइएको थियो ।

कोरोनाका कारण अस्पताल भर्ना हुने अवस्थामा कोरोनाक्याकको प्रभावकारिता ब्राजिल र इन्डोनेसियामा पनि ९० प्रतिशत भन्दा बढी रहेको बताइएको छ ।

यस्तै, चर्चित मेडिकल जर्नल ‘द ल्यान्सेट’ ले विहिबार प्रकाशित गरेको नतिजामा टर्कीमा गरिएको कोरोनाभ्याकको परिक्षणमा खोप कोरोनाको लक्षणबिरुद्ध ८३.५ प्रतिशत प्रभावकारी रहेको जनाएको छ ।

कोरोनाभ्याकलाई विश्व स्वास्थ्य संगठनले जुन १ मा आपतकालिन प्रयोगका लागि अनुमति पनि दिइएको सकेको छ । एजेन्सी 

Facebook Comments