अमेरिकाले १५ लाख नेपालीलाई खोप उपलब्ध गराउने
काठमाडौं, २०७८ असार २५ गते शुक्रबार । अमेरिकाले आउँदा केही दिनमा १५ लाख भन्दा बढी नेपालीलाइ पुग्ने गरी कोभिड-१९ को खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले आज आफ्नो फेसबुक पेज मार्फत सो कुराको जानकारी गराउनु भएको हो ।
उहाँले सन्देशमा लेख्नु भएको छ, ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड १९ खोप निशुल्क उपलब्ध गराउंदैछ। नेपाल-अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरीरहनेछ ।’
Facebook Comments