Fri. Apr 26th, 2024

निर्मात्री तथा नायिका जेनी कुँवरले गरिन् आत्महत्या

काठमाडौं, २०७८ असार २५ गते शुक्रबार । नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बाँनेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर बिहीबार बेलुकी आत्महत्या गरेकी हुन् । जेनीको शव उनी बस्दै आएको अपार्टमेन्टमा भेटिएको छ ।

प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ । प्रहरीले  अपार्टमेन्ट पुगेर घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार, जेनीको ‘सुसाइड नोट समेत भेटिएको छ ।

जेनी विगत १ बर्षदेखि डिप्रेशनमा थिइन् । उनी, विगत केही समयदेखि पशुपति मन्दिर परिसरमा साधुको अवतारमा पनि बसिरहेकी थिइन् । केही समय अगाडि उनको पशुपति परिसरमा नै लफडा समेत भएको थियो ।

जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् ।

उनले, अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो । अनलाईन खवर

Facebook Comments