Fri. Sep 20th, 2024

राप्ती नदीमा आएको बाढीले नेपालकाे दोस्रो लामो पुलमा क्षति

काठमाडौं, २०७८ असार २३ गते बुधबार । दाङकाे देउखुरीको राप्ती नदीमा आएको बाढीले नेपालकाे दोस्रो लामो पुलमा क्षति पुर्‍याएकाे छ । पुलको छेउछाउमा बाढीले क्षति पुर्‍याएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र तोकिएको राप्ती र गढवा गाउँपालिका जोड्ने पुलको लम्बाइ ८ सय ६० मिटर र चौडाइ साढे १० मिटर रहेको छ ।

२०७७ माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण भइसकेकाे ६ महिना बितिसकेपछि उद्घाटन गर्नुभएकाे थियाे ।

उज्यालो अनलाईनका अनुसार राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मङ्सिर २२ गते शिलान्यास गर्नुभएकाे थियाे ।

नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटमा रहेकाे कर्णाली नदीमा छ । यस पुलकाे लम्बाइ एक हजार १५ मिटर छ जसलाई ‘गेरुवा पुल’ पनि भनिन्छ ।

Facebook Comments