Sun. May 5th, 2024

आजदेखि आन्तरिक हवाइ उडान सुरु

तस्बिर: सुजन गुरूङ्ग

काठमाडौं, २०७८ असार १७ गते बिहीबार । लामो समयदेखि बन्द रहेको आन्तरिक उडान सुरु भएको छ । कोरोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मुलुकका सबैजसो गन्तव्यमा आन्तरिक नियमित उडान सञ्चालन भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि शुरु भएको नियमित आन्तरिक उडानलाई सङ्क्रमणरहित बनाउन विमानस्थल तथा एयरलाइन्सले विशेष स्वास्थ्य सावधानी अपनाएर सेवा सञ्चालन गरेका हुन् ।

Facebook Comments