Sat. May 18th, 2024

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष र नेपाल-चीन सम्बन्ध(भिडियो सहित)

काठमाडौं, २०७८ असार १७ गते बिहीबार । सन् १९२१ जुलाई १ तारिखमा चीनको सांघाई शहरमा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टी विश्वकै सवैभन्दा ठूलो र प्रभावशाली कम्युनिष्ट पार्टी हो । पछिल्लो जानकारी अनुसार यस पार्टीका क्रियाशिल सदस्यहरुको संख्या लगभग दश करोड रहेको छ । करोडौं चिनियाँ किसान, श्रमिक र मजदूर वर्गको प्रतिनिधित्व गर्ने यो पार्टी एक महान मार्क्सवादी क्रान्तिकारी राजनीतिक संगठन पनि हो । दशकौंसम्म सामन्तवाद, साम्राज्यवाद र पछौटेपनका विरुद्दमा दशौं लाख कार्यकर्ताहरुको वलिदान पश्चात सन् १९४९ अक्टोवर १ मा जनवादी गणतन्त्र चीनको स्थापना गर्ने चिनियाँ कम्युनिष्ट पार्टी चीनको सत्तारुढ दल पनि हो ।

चिनियाँ कम्युनिष्ट पार्टी चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्था स्थापनाको दिशामा गरिने कार्यको नेतृत्वदायी अंग हो । चिनियाँ कम्युनिष्ट पार्टीले चीनको उन्नतशील उत्पादन शक्तिको विकासको आवश्यकता, चीनको अग्रगामी साँस्कृतिक दिशा र आम चिनियाँ जनताको मौलिक हितको प्रतिनिधित्व गर्दछ ।

चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च आदर्श र अन्तिम लक्ष्य साम्यवादी व्यवस्था स्थापनाको उद्देश्यलाई साकार तुल्याउनु हो । पार्टीको विधानमा तोकिएअनुसार, चिनियाँ कम्युनिष्ट पार्टीले मार्क्सवाद-लेनिनवाद, माओ च तोंग विचारधारा, तंग स्याओ फिंगको सिद्धान्त र तीनवटा प्रतिनिधित्वको महत्वपूर्ण विचारलाई आफ्नो कार्य-निर्देशकका रुपमा लिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालिन अध्यक्ष माओ च तोंगको नेतृत्वमा सन् १९४९ अक्टोवर १ का दिन चीनमा विद्यमान सामन्तवाद र नोकरशाही पूंजिवादी व्यवस्था ध्वस्त भएपछि चीनको आर्थिक तथा सांस्कृतिक विकास कार्यले इतिहासमा कहिल्यै नभएको अनुपम सफलता पाएको छ ।

सन् १९७९ देखि चिनियाँ कम्युनिष्ट पार्टीले तंग स्याओ फिंगबाट प्रस्तावित सुधार र खुलापनको नीति लागू गर्न सुरु गर्यो । सुधार र खुलापनको नीति लागू भएदेखि यता चीनको राष्ट्रिय अर्थतन्त्र र सामाजिक विकासले पनि संसारको ध्यान आकर्षित गर्ने खालको उपलव्धि हासिल गरेको छ र चीनको मुहारमा पनि आकाश-पातालको परिवर्तन देखा परेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल-चीनबीच आधुनिक सम्बन्धको सुभारम्भ

चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको एक सय वर्षको अवधिमा भएको सबैभन्दा ठूलो र महत्वपूर्ण सफलता जनवादी गणतन्त्र चीनको स्थापना हो । चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालिन अध्यक्ष माओ चतोङ्गको कुशल नेतृत्वमा सन् १९४९ अक्टोवर १ तारिखका दिन नयाँ चीन स्थापना भएको घोषणा गरेपछि नै नेपाल र चीनबीचको परम्परागत सम्बन्धले आधुनिक सम्बन्धको रुप लिन सफल भयो । जसको परिणाम स्वरुप सन् १९५५ अगस्त १ तारिखमा नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भयो । जुन सम्बन्धको आधार नयाँ चीनको स्थापना थियो र नयाँ चीनको स्थापना चिनियाँ कम्युनिष्ट पार्टीले गरेको थियो भन्न सकिन्छ । यसरी हेर्दा चिनियाँ कम्युनिष्ट पार्टी र नेपालबीच लामो समयदेखि प्रगाढ सम्बन्ध कायम रहेको स्पष्ट हुन्छ ।

सन् १९७८ मा चीनका तत्कालिन नेता तंग स्याओ फिंगले सुधार तथा खुलापनको नीति लागू गरेपछि शताब्दिऔंदेखि बन्द रहेको चीनको ढोका विश्वका लागि खुला गरियो । खुलावजार अर्थतन्त्रको सिद्धान्तको व्यवहारीक प्रयोगले चीनमा लगानी गर्ने विदेशी मुलुकहरुकोे ओईरो लाग्यो जसले चीनको अर्थतन्त्रलाई दिन दुई गुना र रात चार गुनाको दरले विकास गर्दै आजको समृद्ध चीन निर्माण गर्न सफल भयो । चीनको आर्थिक क्रान्तिलाई खुलापनको नीतिले वलियोे साथ दियो ।

चीनको सुदृढ अर्थतन्त्र र आश लाग्दो विकासले नेपाल, पाकिस्तान, वंगलादेश, भियतनाम, लागोस, म्यानमार लगायका उसका छिमेकी देशहरु पनि लाभान्वित हुन थाले । चीनले आफ्नो विकाससँगै छिमेकी देशहरुका लागि सक्दो आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै ती मुलुकहरुको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्यो ।

ऐतिहासिक कालदेखि नै प्रगाढ सम्बन्ध भएको नेपाललाई चीनले ठूला ठूला राजमार्गहरुको निर्माण र अत्याधुनिक कारखानाहरुको स्थापना गरिदिएर नेपालको पछौटेपन र गरिवी हटाउन सक्दो सहयोग गर्न थाल्यो । जसको फलस्वरुप हेटौडा कपडा उद्योग, बाँसबारी छालाजुत्ता कारखाना, हरिसिद्धि ईट्टा टायल उद्योग, भृकुटी कागज कारखाना, हिमाल सिमेन्ट उद्योग जस्ता औधोगिक संरचनाहरुको निर्माण भए ।

त्यसैगरी अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, पोखरा बाग्लुङ सडक जस्ता पूर्वाधारहरुको निर्माणले एक क्षेत्रका नेपालीलाई अर्को क्षेत्रका नेपालीसँग सहजै जोड्न सहयोग मात्र गरेन अपितु नेपालको अर्थतन्त्रको मेरुदण्डलाई थप मजबुत बनाउन पनि टेवा पुग्यो ।

राजधानी शहरको रुपमा रहेको काठमाडौंमा असहज रहेको यातायातलाई सहज बनाउन चीन सरकारले विजुलीबाट सञ्चालन हुने ट्रलीवसको निर्माण गरेर तिर्न नसक्ने गुन लगायो ।

काठमाडौं नयाँ वानेश्वरस्थित निजामती अस्पताल, वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, भरतपुरको विपि कोइराला स्मृति क्यान्सर अस्पताल, काठमाडौंको चक्रपथ निर्माण, दरवार हाईस्कुलको पुननिर्माण, किर्तीपुरको राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्र, बनेपा पोलिक्लिनिक, भक्तपुर ईट्टा कारखाना, सेती सिंचाई ड्याम आदि चीन सरकारले नेपाललाई निर्माण गरिदिएका अन्य परियोजना तथा पूर्वाधारहरु हुन् ।

वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १०० औं वर्षको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै चीन सरकारले नेपाललाई दिएको आर्थिक तथा प्राविधिक सहयोगको खुलेर प्रशंसा गर्नु भएको छ । चीनले नेपाल र नेपाली स्वंय आत्म निर्भर बनोस भन्ने चाहना राखेको र उत्तरी सिमानातिर सडक निर्माणमा सहयोग गरि भुपरिवेष्टिक राष्ट्र तथा एकै मुलुकमा निर्भर रहनु पर्ने बाध्यतालाई हटाउन सहयोग गरेको बताउनु भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा प्रसाद उप्रेतीले नेपालका सम्पुर्ण प्राज्ञिक, साहित्यिक व्यक्तिहरु तथा नेपाली जनताको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीको एक सय बर्ष पुगेको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उप्रेतीले चीन र चिनियाँ कम्युनिष्ट पार्टीले तय गरेको निति तथा कार्यक्रमहरु मात्र नभई आफुले तय गरेका निति तथा कार्यक्रममा कहाँ कमिकमजोरी भयो त्यसलाई पहिचान गरि तुरुन्त सुधार गरेर अगाडि बढेका कारण आजको अद्भुत सफलता प्राप्त गरेका बताउँदै, सोही अनुरुप नेपाल र नेपाली नेतृत्वले चिनियाँ कम्युनिष्ट पार्टी तथा नेतृत्वबाट पाठ सिक्नुपर्ने बताउनु भएको छ  ।

चीन र चिनियाँ कम्युनिष्ट पार्टीले तय गरेको निति तथा कार्यक्रमहरु मात्र नभई आफुले तय गरेका निति अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष शुन्दरनाथ भट्टराईले चीनको उत्थान र विकासका लागि चिनियाँ कम्युनिष्ट पार्टीको बलिदानीपुर्ण इतिहार, उदार तथा खुलापनको निति, सक्षम नेतृत्व तथा इमान्दार कार्यकर्ताका कारण सम्भव भएको भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाली चीन र चिनियाँ कम्युनिष्ट पार्टीले तय गरेको निति तथा कार्यक्रमहरु मात्र नभई आफुले तय गरेका निति मैत्री मञ्चको तर्फबाट डा. कल्याणराज के सीले पनि एक सयौं बर्षगाठको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

वल्र्ड कल्चरल नेटका अध्यक्ष दिपक सरकारले चिनियाँ कम्युनिष्ट पार्टीले चीनको जनता र राष्ट्रलाई केन्द्रमा राखेर चीनियाँ जनताको गरिबी हटाउन गरेको काम संसार सामु नै सह्रानिय रहेको बताउँनु भएको छ । चीन र नेपाल बिचको सुमधुर सम्बन्ध सम्वन्ध रहेको र छिमेकी चीनको विकास सँगै नेपाल जस्तो मुलुकलाई समेत सुनौलो अवसरहरु रहेको बताउनु भएको छ ।

नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को अध्यक्ष डा. हरिसचन्द्र शाहले शुभकामना व्यक्त गर्दै सुमधुर सम्वन्ध रहेको नेपाल र चीनको सम्वन्धमा जनस्तर सम्म नै आगामी दिनमा सम्वन्ध प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नु भएको छ ।

नेपाल चीन वाणिज्य मैत्री सघका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठले सयौ बर्षगाठको अवसरमा शुभकामना दिनुहुदै नेपाल र चीन बिचको सम्वन्ध अमर रहिरहने भन्दै नेपाल र चीन विचको व्यापार सम्वन्ध पनि अझ प्रगाढ बन्दै जाने विश्वास समेत व्यक्त गर्नु भएको छ ।

अरनिको समाजका निवर्तमान अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले शुभकामना व्यक्त गर्दै, चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं बर्षमा आईपुग्दा चीनले चमत्कारीक उपलब्धी हासिल गरेको भन्दै पछिल्लो समय कोरोना माहामारीको समयमा चीनले गरेको स्वास्थ्य सामाग्री, खोप तथा कोरोना नियन्त्रणको आफ्ना अनुभवहरुबाट गरेको सहयोगको सहयोगको लाग हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।

नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्लले सतबार्षिकीको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाल र चीन बिचको दौत्य तथा आर्थिक सम्वन्धलाई अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नु भएको छ ।

निचोड

आफुुमात्रै धनि हुने तर छिमेकी सँधै गरीव भैरहने हो भने त्यसले विश्वमै नकारात्मक असर पुर्याउछ भन्ने कुरोलाई राम्ररी बुझेको चिनियाँ नेतृत्वले चीनले हालसम्म प्राप्त गरेका ज्ञान, सीप र अनुभवलाई विश्व मानव मात्रको विकास र उत्थानमा लगाउने उद्देश्यले बेल्ट एण्ड रोड महापरियोजना अघि सारेको होे ।

अन्तर्राष्ट्रिय मामिलामा चिनियाँ कम्युनिष्ट पार्टीले स्वतन्त्र र स्वावलम्वी अनि शान्तिपूर्ण परराष्ट्र नीतिको अवलम्वन गरेको छ । यसै नीतिमा अडिग रहेर चिनियाँ कम्युनिष्ट पार्टीले चीनको स्वतन्त्रता र सार्वभौमिकताको संरक्षण गरिरहेको छ, प्रभुत्ववाद र शक्तिको राजनीतिको विरोध गरिरहेको छ, विश्वमा शान्तिको संरक्षण गरिरहेको छ र मानवजातिको प्रगतिलाई अघि बढाउन सहयोग गरिरहेको छ । एक-अर्काको सार्वभौमिकता र प्रादेशिक अक्षुणताको सम्मान गर्ने, एक-अर्का देशमाथि आक्रमण नगर्ने, एक-अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हित तथा शान्तिपूर्ण सह-अस्तित्वका पाँचवटा सिद्धान्तमा आधारित भै चीन विश्वका सबै मुलुकहरुसितको सम्बन्धको विकास गरिरहेको छ । हाल चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका १२० वटाभन्दा बढी मुलुकका ३०० वटाभन्दा बढी राजनैतिक पार्टीसित मैत्रीपूर्ण सम्पर्क कायम राखेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका वर्तमान महासचिव सी चिन फिङ्ग हुनुहुन्छ । त्यसैगरी चिनियाँ कम्युनिष्ट पार्टी राजनैतिक व्यूरोका स्थायी सहस्यहरुमा सी चिन फिङ्ग, ली ख छ्याङ्ग, चाङ्ग त च्याङ्ग, यु चङ्ग शङ्ग, लीउ युन शान, वाङ्ग छि शान, चाङ्ग काउ लि हुनुहुन्छ ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १ सय वर्षको ऐतिहासिक अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीका आदरणीय नेतागण, चिनियाँ कम्युनिष्ट पार्टीका सम्पूर्ण सदस्य तथा समस्त चिनियाँ जनतामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको निरन्तर प्रगतिको लागि हामी हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
नेपाल चीन सम्बन्ध अमर रहोस् ।

Facebook Comments