Fri. Apr 26th, 2024

बंगलादेशको ढाकामा बिस्फोट हुदा सात जनाको मृत्यु

काठमाडौं, २०७८ असार १४ गते सोमबार । बंगलादेशको राजधानी ढाकामा हिजो साँझ भएको एउटा बिस्फोटमा परीसात जनाको मृत्यु भएको छ । अन्य ४० जना भन्दा बढि मानिस घाइते भएका छन् ।

बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार ढाकाको मोघबजार क्षेत्रमा हिजो साँझ साढे सात बजेतिर आरोङ कम्पनीको सोरूम नजिकै बिस्फोट भएको थियो ।

चार तले उक्त घरमा भएको बिस्फोटले आसपासका अन्य भवनमा पनि क्षति पुर्याएको छ । बिस्फोटको कारण भने खुलन सकेको छैन ।अधिकारीहरूले बिस्फोट नियोजित नभई अन्डरग्राउन्डमा राखिएका ग्यास सिलिन्डरका कारण भएको हुन सक्ने अनुमान गरेका छन् । बिस्फोटमा घाइते भएका ५० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments