Mon. Mar 17th, 2025 01:19:07

 

२८ मङि्सर २०७६ ओखलढुंगा :

लगातारको हिमपातले सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ। शुक्रबार साँझदेखि सिद्धिचरण राजमार्ग अन्र्तगत ओखलढुंगा–सोलुखण्ड अवरुद्ध भएको हो।

हिमपातले सडक अवरुद्ध हुँदा सोलुखुम्बुबाट ओखलढुंगा हुँदै प्रदेश राजधानी विराटनगर र काठमाडौंलगायत अन्य क्षेत्र जाने सवारी रोकिएका छन्। ओखलढुंगा–सोलु सडकखण्डको ठाडे, जन्तरधाप तथा पत्तालेमा सडकमै तीन फिटसम्म हिउँ जमेको छ। हिउँ खेल्न आन्तरिक पर्यटक जम्मा हुन थालेका छन्। ओखलढुंगाको उत्तरी क्षेत्र सिद्धिचरण नगरपालिका ६ र ७, मोलुङ्ग गाउँपालिकाको ६ र ७ तथा खिजीदेम्वा गाउँपालिकाको ६ वटा वडामा हिमपात भएको छ।

अवरुद्ध सडक खुलाउन सिद्धिचरण नगरपालिकाले दुई एक्जाभेटर प्रयोग गरेर ओखलढुंगाखण्ड भने खुलाउने प्रयास भइरहेको छ। प्रहरी चौकी ठाडेका अनुसार एक्जाभेटरले हिउँ पन्छाउन थालेका छन्। सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रु हिमपातको चपेटामा परेका छन्।

हिमपातपछि पानी परेकाले चिसो अझ बढेको छ। तापक्रम शून्यमा झरेको छ। चिसोका कारण पशुपालक किसानलाई भने समस्या ल्याएको पात्लेकी शिक्षिका लमु शेर्पाले जानकारी दिइन्।

Facebook Comments