Tue. Jul 14th, 2026

चीन विरोधी वक्तव्यमा हस्ताक्षर गर्न युक्रेनद्वारा अस्वीकार

       

काठमाडौं, २०७८ असार १३ गते आईतबार । युक्रेनको परराष्ट्र मन्त्रालयले जुन २४ तारिख राती एक वक्तव्य प्रकाशित गर्दै युक्रेनले चीनसँगको रणनैतिक साझेदारी सम्बन्धमा महत्व दिँदै केही पश्चिमा मुलुकको आह्वानमा गरिने ‘सिन्च्याङ मानवअधिकार अवस्था सम्बन्धी संयुक्त वक्तव्य’मा हस्ताक्षर गर्न अस्वीकार गरेको जनाएको छ।

युक्रेन परराष्ट्र मन्त्रालयले जुन २४ तारिख आपसी समानता र स्वतन्त्रता, सार्वभौमसत्ता तथा भौगोलिक अक्षुण्णताको सम्मान  गर्ने सिद्धान्तमा पारस्परिक सम्बन्धलाई अघि बढाउँदै जाने स्पष्ट पारेको छ। सीआरआई

Facebook Comments