Wed. May 1st, 2024

ल्हासा-लिन्ची रेलमार्ग आजदेखि संचालित

काठमाडौं, २०७८ असार ११ गते शुक्रबार । ल्हासा-लिन्ची रेलमार्ग जुन २५ तारिखदेखि संचालनमा आएको छ। फुसिङ नम्बर द्रूत गतिको रेल पहिलो पटक छिङहाई-तिब्बत पठारभूमिमा संचालन भएको छ।

ल्हासा-लिन्ची रेलमार्गको कुल लम्बाई ४३५.४८ किलोमिटर छ भने रेलको गति हरेक घण्टा १६० किलोमिटर छ। यो रेलमार्गका ९० प्रतिशतका मार्ग समुद्री सतहदेखि ३००० मिटरको उचाइमा निर्माण गरिएको छ।

ल्हासा-लिन्ची रेलमार्ग संचालन भएपछि तिब्बतको दक्षिण-पूर्वी क्षेत्रमा रेल संचालन नभएको इतिहास अन्त्य भएको छ। सीआरआई

Facebook Comments