Thu. May 28th, 2026

दुखेको छ यो दिल-गजल

- तिला लेकाली, बेलबारी, मोरङ

       

काठमाडौं, २०७८ असार ११ गते शुक्रबार ।

-तिला लेकाली

दुखेको छ यो दिल अझै दुख्न देऊ
बिझेको छ त्यो खिल अझै दुख्न देऊ

दाइजो पहाड बज्रिँदा शिरमाथि
बनेकी छु थिलथिल अझै दुख्न देऊ

छ संकेत पातालतिरै धकेल्ने
झनै आऊ मुस्किल अझै दुख्न देऊ

छुरी धस्न आऊ लगाएर रेति
र मनाऊ महफिल अझै दुख्न देऊ

वर्षाद पछि स्निग्ध माटाे म बन्छु
बनुन् आँखा टिलपिल अझै दुख्न देऊ

बगाएर दर्द म बन्नु छ कन्चन
रुन देऊ पिलपिल अझै दुख्न देऊ ।

गजल २०७८/०२/२७

 

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read