Thu. May 2nd, 2024

- काठमाडौंका पहिलो मेयर जनकमान श्रेष्ठको निधन

काठमाडौं, मङ्सिर २७ गते । काठमाडौंका पहिलो जननिवार्चित नगरप्रमुख जनकमान श्रेष्ठको ९२ वर्षको उमेरमा शुक्रबार दिवगंत हुनुभएको छ । श्रेष्ठको निधन विहान ७ बजे टेकुस्थित आफ्नै निवासमा भएको हो ।

एक वर्षदेखि कलेजोको क्यान्सरबाट पीडित श्रेष्ठको निधनमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शोक व्यक्त गर्नुभएको थियो । शाक्यलाई मेयर जिताउन काठमाडौंका पहिलो मेयर जनकमान वि.सं २०७४ सालको चुनावमा आफैं मतदातामाझ पुगेर भोट माग्नुभएको थियो ।

उहाँको आजै पशुपति आर्यघाटन दाहसंस्कार गरिएको छ ।

आजभन्दा ६६ वर्षअघि वि.सं २०१० साल भदौ १० गते भएको काठमाडौं नगरपालिकाको पहिलो निर्वाचनमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा श्रेष्ठ मेयर निवार्चित हुनुभएको थियो । उहाँ करिब २५ सयको मत अन्तरले विजयी हुनुभएको थियो । गोरखापत्र अनलाइन

Facebook Comments