Tue. May 21st, 2024

युरो कपको अन्तिम १६ मा पुगेका टिम र खेल समय

काठमाडौं, २०७८ असार १० गते बिहीबार । युरोपका विभिन्न ११ शहरमा जारी भइरहेको १६ औ संस्करणको युरोकपको समूह चरणका सबै खेलहरु सकिएका छन् । केहि आसा गरिएको टिमहरुसँगै केहि नयाँ टोलीले युरोकपको नकआउट चरणमा स्थान बनाएका छन् । भने आसा गरिएका टोलीहरु बाहिरिएका छन् ।

टर्की र पोल्याण्ड जस्ता देशहरु पहिलो चरणबाटै बाहिरिदा युक्रेन र अष्ट्रिया अन्तिम १६ मा पुग्न सफल भएका छन् । समूह ‘ए’ मा रहेका इटाली, वेल्स र स्विजरल्याण्ड छानिएर अन्तिम १६ मा पुग्दा टर्की बाहिरिएको छ ।

समूह विजेता बन्दै समूह ‘बी’ बाट बेल्जियम नकआउटमा पुग्दा उत्कृष्ट पुनरागमन गर्दै २ हार बेहोरेको डेनमार्कले दोस्रो चरणमा स्थान बनाउन सफल भयो भने फिनल्याण्ड र रसिया समूह चरणबाटै बाहिरिन बाध्य भए ।

समूह चरणको ३ वटै खेलमा जित हात पार्दै नेदरल्यान्ड्स समूह ‘सी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्दा अष्ट्रिया दोस्रो र युक्रेन उत्कृष्ट तेस्रो बन्दै नकआउटमा पुगे भने पहिलो पटक युरोकपमा पुगेको नर्थ मेसोडोनिया ३ वटै हार बेहोर्दै बाहिरियो ।

समूह ‘डी’ बाट समूह विजेता बन्दै इंग्ल्याण्ड अन्तिम १६ मा पुग्दा क्रोएसिया दोस्रो र चेक रिपब्लिक तेस्रो हुदै नकआउट चरणमा पुग्दा स्कटल्याण्ड युरोकपबाट बाहिरियो ।

स्विडेन र स्पेनले समूह ‘ई’ बाट अन्तिम १६ मा स्थान सुरक्षित गर्दा बलियो सम्भावना बोकेको पोल्याण्ड र स्लोभाकिया समूह चरणबाटै बाहिरियो ।

ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ बाट बलिया दाबेदार फ्रान्स, जर्मनी समूहबाट पहिलो र दोस्रो बन्दै अन्तिम १६ मा पुग्दा उत्कुष्ट तेस्रो बन्दै साविक विजेता पोर्चगुल पनि नकआउटमा पुग्दा हंगेरी भने बाहिरिएको छ ।

१६ औ संस्करणको अन्तिम १६ को खेलहरु २६ जुनदेखि सुरु हुदैछन् ।

अन्तिम १६ को खेल तालिका:

शनिबार २६ जुन

वेल्स विरुद्ध डेनमार्क (राति ९ः४५ बजे, आम्स्टरडम)

इटाली विरुद्ध अष्ट्रिया (राति १२ः४५ बजे, लन्डन)

आइतबार २७ जुन

नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक (राति ९ः४५ बजे, बुडापेस्ट)

बेल्जियम विरुद्ध पोर्चुगल (राति १२ः४५ बजे, सेभिया)

सोमबार २८ जुन

क्रोएसिया विरुद्ध स्पेन (राति ९ः४५ बजे, कोपेनहेगन)

फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड (राति १२ः४५ बजे, बुकारेस्ट)

मंगलबार २९ जुन

इंग्ल्यान्ड विरुद्ध जर्मनी (राति ९ः४५ बजे, लन्डन)

स्विडेन विरुद्ध युक्रेन (राति १२ः४५ बजे, ग्लास्गो)

एजेन्सी

Facebook Comments