Fri. May 29th, 2026

सी चिन फिङद्वारा “बेल्ट एण्ड रोड” एशिया प्रशान्त क्षेत्रीय अन्तर्राष्ट्रिय सहयोग उच्च स्तरीय सम्मेलनलाई लिखित सम्बोधन

       

काठमाडौं, २०७८ असार १० गते बिहीबार । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुन २३ तारिख “बेल्ट एण्ड रोड” एशिया प्रशान्त क्षेत्रीय अन्तर्राष्ट्रिय सहयोग उच्च स्तरीय सम्मेलनलाई लिखित सम्बोधन गर्नुभएको छ।

सीले आठ वर्षयता १४० वटा मुलुकले चीनसँग “बेल्ट एण्ड रोड”को साझा निर्माणसम्बन्धी सहकार्य सम्झौतामा हस्ताक्षर गरेको बताउँदै आकस्मिक कोरोना भाइरस महामारीको सामना गर्न एकले अर्कालाई सहायता दिएको बताउनुभयो। “बेल्ट एण्ड रोड”लाई निरन्तर रुपमा अगाडि बढाएको बताउँदै सीले अन्तर्राष्ट्रिय समाजलाई विश्वास र शक्ति दिएको र विश्वको महामारी प्रतिरोध सहकार्य तथा आर्थिक पुनरुत्थानका लागि महत्वपूर्ण योगदान गरेको कुरा बताउनुभयो।

सीले चीनले विभिन्न पक्षसँग “बेल्ट एण्ड रोड”को अझै घनिष्ठ साझेदारी सम्बन्धको निर्माण गर्ने, एकता तथा सहयोग र साझा विकास बाटो हिँड्ने र मानव भाग्य समुदायको सिर्जना गर्न अगाडि बढाउने कुरामा जोड दिनुभयो।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read