Fri. May 17th, 2024

एक डोज लगाए मात्रै पुग्ने ‘जोन्सन एण्ड जोन्सन’ को ६ लाख डोज खोप नेपालले पाउने

काठमाडौं, २०७८ असार ८ गते मंगलबार । कोभ्याक्सले एक डोज मात्र लगाए पुग्ने ‘जोन्सन एण्ड जोन्सन’ को ६ लाख डोज खोप नेपाललाई दिने प्रतिवद्धता जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले कोभ्याक्सले दुई दिनअघि मात्र ‘जोन्सन एण्ड जोन्सन’ को ६ लाख डोज खोप दिने जानकारी गराएको बताउनुभयो ।

हालसम्म नेपालमा लगाइएको सबै खोप दुई डोज लगाउनुपर्ने खालका भएपनि अमेरिकी कम्पनीले विकास गरेको यो खोप एक डोज मात्र लगाए पुग्छ ।

अमेरिकी कम्पनीले विकास गरेको उक्त खोप नेपालमा पहिलोपटक आउन लागेको हो । हालसम्म उक्त खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति नदिइसकेको अवस्थामा डब्लुएचओले मान्यता दिइसकेकोले नेपालमा यसले छिट्टै आपलकालिन अनुमतिको काम सकिने संयोजक डा. श्यामराज उप्रेतीले बताउनुभयो ।

यसका साथै कोभ्याक्स कार्यक्रममार्फत नै यही जुलाइ अन्तिमसम्म एस्ट्रेजेनेकाको ३ लाख ४८ हजार डोज खोप आउने डा. उप्रेतीले जानकारी दिनुभयो । रे न्यूज डेली

Facebook Comments