Sat. May 18th, 2024

नेपाली कांग्रेस महासमिति सदस्यमा सुनील थापा समूहका ५५ जना समायोजन

काठमाडौं, २०७८ असार ८ गते मंगलबार । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट नेपाली कांग्रेसमा प्रवेश गरेका सुनीलबहादुर थापा समूहका ५५ जनालाई कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको लागि महासमिति सदस्यमा समायोजन गरेको छ ।

मङ्गलबार कांग्रेस केन्द्रीय कार्यालयले एक पत्रमार्फत कांग्रेसका सह-महामन्त्री थापालाई पार्टी समायोजनको निर्णय जानकारी सम्बन्धमा पत्र लेख्दै सो जानकारी गराएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयले सह-महामन्त्री थापासहित राप्रपाबाट कांग्रेस प्रवेश गर्नुभएका केन्द्र र जिल्ला तहका नेताहरुलाई महासमिति सदस्यमा नियुक्ति गर्ने निर्णय पहिले नै गरिए पनि पार्टी केन्द्रीय कार्यालयले मङ्गलबार पत्र लेखेको थापाले बताउनुभयो । थापा समूहबाट समायोजनका लागि सहमति भएबमोजिम काँग्रेसले यो निर्णय गरेको थियो उहाँले बताउनुभयो ।

Facebook Comments