Mon. Apr 29th, 2024

राष्ट्रियसभा निर्वाचन माघ ९ गते

काठमाडौं, मंसिर २६ गते । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते बिहीबार हुने भएको छ ।

नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्काेटाले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।

राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टीका ८, नेपाली कांग्रेसका ७ र राष्ट्रिय जनता पार्टीका २, संघीय समाजवादी फोरमका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ ।

नेपालको नयाँ संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ । गोरखापत्र अनलाइन

Facebook Comments