इरानसँगको कूटनीतिक वार्तामा थोरै प्रगति भएको अमेरिकी कुटनीतिज्ञ रुबियोको भनाइ
वासिङटन । अमेरिका–इरान द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासहरूमा खासै प्रगति हुन नसकेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार बताउनुभएको छ ।
उहाँले इरानका मागहरू ‘अस्वीकार्य’ रहेको बताउँदै भन्नुभयो, “अहिलेसम्म यो खासै उत्पादक हुन सकेको छैन किनकि इरानका मागहरू मात्र अस्वीकार्य होइनन्, केही अवस्थामा त साँच्चै नै अव्यावहारिक छन्।”
फ्रान्समा हुने जी–७ विदेशमन्त्रीहरूको बैठकमा भाग लिन जानुभन्दा पहिले रूबियोले भन्नुभयो,“म भन्न सक्दिन, हामी कुनै सफलताको नजिक छौँ।”
ट्रम्प प्रशासनले द्वन्द्वको कूटनीतिक समाधानलाई प्राथमिकता दिएको कुरा उहाँले दोहार्याउनुभयो ।
आइतबारको अघिल्लो अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएनसँग वार्ताले प्रगति गरिरहेसम्म अमेरिका इरानमाथि ठूला सैन्य हमला फेरि सुरु गर्ने सम्भावना ‘अत्यन्त कम’ रहेको बताउनुभएको थियो ।
उहाँले थप सैन्य कारबाहीको सम्भावनालाई पनि अस्वीकार गर्नुभएन ।
अमेरिकी सेन्ट्रल कमाण्डले शनिबार ‘टास्क फोर्स आइरन गेट’ गठन गरेको घोषणा गरेको थियो ।
यो करिब २० जना सैन्य र नागरिक कर्मचारीहरूको एकाइ हो जसले अमेरिकी सरकारी निकायहरूबीच समन्वय गरी इरानका भूमि सीमा र अन्य मार्गहरूबाट उन्नत हतियार तथा अन्य सामग्रीको आवतजावत रोक्ने काम गर्नेछ ।
राष्ट्रपति ट्रम्पले आइतबार सामाजिक सञ्जालमा लेख्नुभयो, “यो कार्यदल इरानमा ‘पूर्ण रूपमा सक्रिय’ छ र अमेरिकी नौसेनाको नाकाबन्दीका कारण इरान भएर वा इरान आउने निकै कम मात्र सामान आवतजावत हुन्छ।” सिन्ह्वा

