Sun. Jul 25th, 2021

रसुवागढी नाका जोड्ने सडक पहिरोले बन्द

काठमाडौं, २०७८ असार ४ गते शुक्रबार । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोले बन्द भएको छ । रसुवाको धुन्चेदेखि रसुवागढीसम्म चार ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

धुन्चे-स्याफ्रु सडक खण्ड अन्तर्गत त्रिशूली खोलामा र चिलिमे जलविद्युत् आयोजना नजिक पहिरो खसेको छ । त्यस्तै ठूलो भार्खुमा पहिरोले ग्याविनवाल नै बगेको छ । स्याफ्रु-रसुवागढी सडक खण्डमा लिङलिङमा झरेको पहिरो पन्छाउने काम अझै सकिएको छैन ।

हिजो ब्लास्टिङ गरेर ठूलो ढुङ्गा फुटाइएको भए पनि हटाउने काम आज मात्र गरिने जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । उज्यालो अनलाईन

Facebook Comments