Sat. Apr 20th, 2024

सल्यानको शारदा नदीमा अलपत्र परेका १२ जनाको उद्धार

काठमाडौं, २०७८ असार ४ गते शुक्रबार । सल्यानको शारदा नदिको बीच टापुमा अलपत्र १२ जनाको उद्धार गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ स्थित शारदा नदिको बीचमा अलपत्र परेका स्थानीय१२ जनाको उद्धार गरिएको हो । शारदा खोलामा दुई हंगालोको बीचमा रहेका खेतमा धान रोप्नको पुगेका उनीहरू शारदा नदिमा पानीको सहत बढ्दै गएपछि त्यही अलपत्र परेको थिए ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले अलपत्र परेकाहरु १२ जनाको डोरीको माध्यमबाट उद्धार गरिएको वताउनुभयो । उहाका अनुसार अलपत्र परेका नागरिकहरुको उद्धारको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार गरेको हो ।

अविर वर्षा पछि शारदा नदिमा पानीको वहाव वढेको छ । नदि छेउछाउका वस्तिका वासिन्दालाई सर्तक रहन सल्यान प्रशासनले अनुरोध गरेको छ । गोरखापत्र अनलाईन

Facebook Comments