Sat. Apr 20th, 2024

मेलम्चीको वाढीमा हराएका दुई चिनियाँ र एक जनाभारतीयको शव फेला पर्यो

काठमाडौं, २०७८ असार ३ गते बिहीबार । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा मंगलबार रातिदेखि आएको वाढीमा परी हराइरहेका चिनियाँ र भारतीय नागरिकमध्ये तीन जनाको शव फेला परेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको जनाएको छ । चिनियाँ नागरिक कोङ थियान छियो, यु.चि.झ र भारतीय नागरिक कमल लोचनको शव फेला परेको हाे । कोङ थियान छियोको शव सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-११ बदेरीस्थित इन्द्रावती खोलाको किनारमा र यु.चि.झको शव सिन्धुलीको सुनकोशी गाउँपालिका-५ मुलकोटस्थित सुनकोशी नदीको किनारमा भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । त्यस्तै लोचन महतोको शव सिन्धुलीको सुनकोशी गाउँपालिका-७ कानढुङ्गीस्थित सुनकोशी नदीको किनारमा फेला परेको हो ।

त्यस्तै बाढीले बगाएर अझै १७ जना वेपत्ता रहेका छन् । जसमध्ये दुई भारतीय विजय बासुमन्तरी, जिनडाओ बासुमन्तरी र एक चिनियाँ सन यु चुवान अझै वेपत्ता रहेका छन् । गोरखापत्र अनलाईन

Facebook Comments