Sat. Apr 27th, 2024

चीनद्वारा शनचौ १२ मानववाहक अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण

काठमाडौं, २०७८ असार ३ गते बिहीबार । चीनले शनचौ १२ नामक मानववाहक अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ । चिनियाँ समय अनुसार उक्त यान आज विहान ९ वजेर २२ मिनेट जाँदा उत्तरपश्चिम चीनको कोबी मरुभूमिस्थित च्यु छ्वान स्याटेलाईट प्रसारण केन्द्रबाट सफलतापूर्वक प्रक्षेपण गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चिनियाँ मानववाहक अन्तरिक्ष परियोजना कार्यालयका निर्देशकका सहायक ची छिमिङले दिनुभएको जानकारी अनुसार शनचौ १२ मानववाहक अन्तरिक्ष यानमा तीन जना अन्तरिक्ष यात्री ने हाइशङ, लिउ पोयाङ र थाङ हुङपो हुनुहुन्छ । तीनजना यात्रीहरूमध्ये ने हाइशङले शनचौ ६ र १० मानववाहक अन्तरिक्ष यात्रा र लिउ पोमिङ शनचौ ७ मानववाहक अन्तरिक्ष यात्रामा भाग लिनुभएको छ। याङ हुङपो पहिलोपटक अन्तरिक्ष यात्रा गर्दै हुनुहुन्छ।

Facebook Comments