Fri. Apr 19th, 2024

अख़बार

-  रामबाबु दाहाल, विराटनगर

काठमाडौं, २०७८ असार २ गते बुधबार ।

– रामबाबु दाहाल

सखारै पनि हैन

बिहान मात्र आउन ऑट्दै गर्दा

उज्यालो फाटदै गर्दा

समाचार सुटुक्क आउँथ्यो

उहिले , केही पहिले

समाचारको यात्रा

गन्तब्यसम्म् पुग्दा

बास बसेको हुँदो हो

र नै त बिस्तारै यात्रा गर्दै

उपभोक्तासम्म आइपुग्न

यो बिलम्व पनि सुलभ ठानिन्थ्यो

आजभोलि रातभर लाटोकोसेरोझैँ

समाचार चहारिरहन्छ

अनलाइनको तरङ्गमा

र बासी लाग्ने अख़बार

फिस्स हॉस्दै बिहान ऑउछ । ‘

(मनका स्वरहरू’ बाट )

Facebook Comments